Home विश्व/प्रवास ब्राजिलमा भारी वर्षापछि आएको बाढी-पहिरोले कम्तीमा ९४ जनाको मृत्यु

ब्राजिलमा भारी वर्षापछि आएको बाढी-पहिरोले कम्तीमा ९४ जनाको मृत्यु

by ईलालटिन
0 comment

रियो द जेनेरियो । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा भारी वर्षका कारण आएको लेदोसहितको पहिलो र डुबानका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार रियो द जेनेरियोबाट माथि पहाडी क्षेत्रमा अवस्थित इम्पेरियल सिटी भनिने पेट्रोपोलिस सहरमा मंगलबार भारी वर्षा भएको थियो। अरू बेला फेब्रुअरी महिनाभरि पर्ने औसत पानी एकैदिन परेपछि पहिरो आएको र डुबान भएको हो।

बाढी-पहिरोमा परी केही घरहरू भत्किएका छन् भने सडकमा भएका सवारी साधन बगेर गएका छन्।  मानिसहरूले विद्यालयमा आश्रय लिइरहेका छन्। मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ। पछिल्लो डिसेम्बरदेखि ब्राजिलमा भारी वर्षाका घटनाहरू धेरै हुने गरेका छन्। रूस भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले सामाजिक सञ्जालमार्फत् आफूले पेट्रोपोलिसका पीडितलाई राहत दिन भनेको जानकारी दिएका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com