Home विश्व/प्रवास बेलायतमा कोरोना सम्बन्धी सबै प्रतिबन्ध हट्दै, आईसोलेसन पनि बस्नु नपर्ने

बेलायतमा कोरोना सम्बन्धी सबै प्रतिबन्ध हट्दै, आईसोलेसन पनि बस्नु नपर्ने

by ईलालटिन
0 comment

लन्डन  । बेलायतमा आगामी बिहीबार अर्थात फेब्रुअरी २४ तारिखदेखि कोभिड सम्बन्धी सबै प्रतिबन्ध हट्ने भएका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गर्दै कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध हटाईने जानकारी गराएका हुन्। प्रधानमन्त्री जोन्सनका  अनुसार प्रतिबन्ध हटेपछि कोरोना संक्रमित भए पनि आइसोलेशनमा बस्नुपर्ने अनिवार्य नियम  रहने छैन। यदि कसैलाई कोरोना पोजिटिभ भए पनि घरमै बस्न सुझाव दिने तर बाध्यात्मक नमानिने भएको छ।   योसँगै अहिले चालु रहेको कन्ट्याक्ट ट्रेसिङसम्बन्धी व्यवस्था पनि हटाइएको छ।

यो घोषणासँगै हाल लागू गरिएको भ्याक्सिन पासपोर्ट खारेज हुनेछ। निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको कोरोना परीक्षणको व्यवस्था पनि हटाइने भएको छ। बुधबार बेलायतको संसदमा मतदानमार्फत संसदले पारित गरेपछि बिहीबारबाट कोभिडसम्बन्धि नयाँ नियम कार्यान्वयनमा आउनेछ।प्रधानमन्त्री जोन्सनले ओमिक्रोन संक्रमणको उत्कर्ष पार भए पनि जोखिम कायम रहेकाले सर्वसाधारणलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेका छन्। इंग्ल्याण्डमा अझै पनि प्रत्येक २० जनामध्ये एक जनामा कोभिड संक्रमण हुने गरेको तथ्यांकले देखाएका छ।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com