पर्वत । नेपाल मानव अधिकार सङ्गठन पर्वतले गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङलाई सम्मान गरेको छ ।
मङ्गलवार नेपाल मानव अधिकार सङ्गठनको कुश्मा स्थित आफ्नै कार्यालयमा प्रदेश सभा सदस्य गुरुङलाई सम्मान गरिएको हो । उनी नेपाल मानव अधिकार सङ्गठन पर्वतको सल्लाहकार समेत हुन् ।
सम्मानित बनेकी प्रदेश सभा सदस्य गुरुङले पर्वतको विकासमा सधैँ इमानदार भएर लागि परिरहने बताइन् । समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी गुरुङले कुनै निर्वाचन क्षेत्रलाई भन्दा पनि समग्र पर्वतलाई नै सम्मान ढङ्गबाट हेर्ने बताइन् ।
नेपाल मानव अधिकार सङ्गठन पर्वतका सभापति माधव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सङ्गठनका निवर्तमान सभापति एवं किन्दे«य सदस्य हरिनारायण रेग्मी र सल्लाहकार तेजेन्द्र« सुबेदीले प्रदेश सभा सदस्य गुरुङलाई सल्लाह सुझाव दिएका थिए । उक्त कार्यक्रमको सञ्चालन रुद्र प्रसाद शर्माले गरेका थिए ।
