Home बुलेट न्युज प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्‍न : लिदीका स्थानीयलाई सुरक्षित स्थानमा किन सारिएन ?

प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्‍न : लिदीका स्थानीयलाई सुरक्षित स्थानमा किन सारिएन ?

by ईलालटिन
0 comments

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सभापति देउवा प्रधानमन्त्री ओलीको निमन्त्रणामा बालुवाटार गएको र संवैधानिक नियुक्तिहरुबारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापतिसँग परामर्श गरेको जनाइएको छ ।

कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीसँग सिन्धुपाल्चोक पहिरो, कोरोना महामारी र त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिबारे छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीसँगको भेटमा लिदीका स्थानीयले दस दिन अघिदेखि नै गुहार गर्दा पनि किन सुरक्षित स्थानमा नसारिएको भनेर देउवाले प्रश्न गरेका थिए । देउवाको भनाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कैयौं बेपत्ता छन् । गाउँबासीले दस दिन अघिदेखि नै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्‍याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?’ देउवाले मुलुकका विभिन्न भागमा पनि बाढी पहिरोले क्षति पुर्याए पनि सरकारको भूमिका सन्तोषजनक नरहेको उल्लेख गर्दै व्यवस्थित र प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघे पनि सरकारले विगतका कमजोरीको समीक्षा गरेर कामको गति बढाउन नसकेको देउवाले आरोप लगाएका छन् । आइसोलेसन र भेन्टिलेटरको पर्याप्त व्यवस्था गर्न किन ढिलाइ गरेको भन्दै सभापति देउवाले प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका छन् ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिउपर कुलपतिका रूपमा ध्यान पुर्‍याउन पनि प्रधानमन्त्रीलाई देउवाले आग्रह गरेका छन् । विभिन्न विश्वविद्यालय र क्याम्पसमा देखिएका समस्या समाधानका लागि तत्काल संवाद थाल्न पनि देउवाले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । भेटमा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकसमेत सहभागी थिए ।

ईकान्तिपुरबाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com