Home विश्व/प्रवास अमेरिकाको एक स्कुलमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ को मृत्यु

अमेरिकाको एक स्कुलमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ को मृत्यु

by ईलालटिन
0 comment

टेक्सास । अमेरिकाको टेक्सस राज्यस्थित एउटा विद्यालयमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा शिक्षकसहित कम्तीमा २१ जनाको ज्यान गएको छ।सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्ने टेक्सासको युभाल्ड सहरस्थित इलेमेन्टरी स्कुलमा पसेर एक १८ वर्षिय किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको ज्यान गएको समाचार संस्था एपीले जनाएको छ।

टेक्सासको सार्वजनिक सुरक्षा विभागका अधिकारीका अनुसार अन्धाधुन्ध गोली चलाउने १८ वर्षीय किशोर पनि घटनामा मारिएका छन्। राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पेस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन्।दक्षिणी टेक्साको युभाल्डस्थित रब इलेमेन्टरी स्कुलमा पसेर ती किशोरले बालबालिकाहरुमाथि अन्धाधुन्ध राइफल चलाएका थिए। रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेको समेत एपीले जनाएको छ।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्। उक्त विद्यालयमा झन्डै ५०० बालबालिका भर्ना भएको बताइएको छ। अधिकारीहरूका अनुसार घटनामा मृत्यु हुनेहरूको सङ्ख्या बढ्नसक्ने देखिएको छ। अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारीसले यस्ता गोलीकाण्ड नदोहोरिउन् भनेर सुनिश्चित गर्नका लागि उनकै शब्दमा उचित र समझदारीपूर्ण नीति बनाउन आह्वान गरेकी छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com