Home विश्व/प्रवास साउदी दूतावासको सहयोगमा ६ सय नेपालीले पाए वहिर्गमन भिसा

साउदी दूतावासको सहयोगमा ६ सय नेपालीले पाए वहिर्गमन भिसा

by ईलालटिन
0 comment

विष्णु घिमिरे

साउदी अरेबिया : साउदी अरेबियास्थित नेपाली दूतावास रियादले वहिर्गमन भिसा पाउने नेपालीको नामावली सार्वजनिक गरेको छ ।

दूतावासले आफ्नो फेसबुक पेज `एम्बेसी अफ नेपाल रियाद` मा सार्वजनिक गरेको सूचना अनुसार हालसम्म ६ सय १८ जनाले वहिर्गमन भिसा प्राप्त गरेका छन् । दूतावासका अनुसार साउदीमा लामो समयदेखि सम्बन्धी कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा अनुमतिपत्र (अकामा) नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीलाई स्वदेश फर्काउन आवश्यक
कागजात सहित वहिर्गमन भिसा सहज र सरल रुपमा प्रदान गर्न साउदी सरकारलाई लामो समयदेखि आव्हान गरेको थियो ।

समस्यामा परेका नेपालीले वहिर्गमन भिसाको लागि २ हजार ५ सय भन्दा बढी फारम भरेका छन् । साथै यस भिसाको लागि ५ महिनादेखि निवेदन दिएकामध्ये दूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीबाट संकलन गरेका विवरण साउदी सरकारलाई उपलव्ध गराएको थियो भने कोरोना भाइरसका कारण प्रक्रियामा ढिलाइ समेत भएको थियो ।

कोरोनाको महामारीसँगै वहिर्गमन भिसा प्राप्त गरेकामध्ये करिव २ सय ५० बढी नेपाली चार्टर्ड उडानबाट स्वदेश फिर्ता समेत भएका छन् ।

अन्नपूर्ण पोस्टबाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com