Home पत्रपत्रिका अजिंगरले जब गाईको बाच्छा निल्यो

अजिंगरले जब गाईको बाच्छा निल्यो

by ईलालटिन
0 comment

भारतको उत्तर प्रदेशको फत्तेपुर जिल्लास्थित कटघन गाउँमा आइतबार साँझ एक अजिंगर देखा पर्‍यो । अजिंगरले निल गाईको बाच्छालाई निल्ले प्रयास गरिरहेको थियो । उसले निकै कठीनसँग त्यो बाच्छोलाई निल्यो। गाउँलेहरुले वन विभागका व्यक्तिहरुलाई सूचना दिए । वन विभागका व्यक्तिहरु पुग्दा अजिंगर बाच्छो लिनेर जंगलमा छिरिसकेको थियो।

वन अधिकारीहरुका अनुसार बाच्छो निलेपछि अजिंगर घाइतेजस्तै बनेको थियो । उसको शरीरको बीच भाग निकै फुलेको थियो । घस्रनलाई निकै कठिन भएको थियो।

अजिंगरले यसरी गाईको बाच्छा निल्नु दुर्लभ घटना भएको नदेखेको वन अधिकारीहरुले बताए । ‘हामीले भिडियोहरुमा अजिंगरले मुसा, खरायो निलेको देखेका थियौँ, यसरी निल गाईको बाच्छा निलेको कहिल्यै देखेका थिएनौँ ।’ एक वन अधिकारी भने ।

समस्यामा परेको अजिंगरलाई वन अधिकारीहरुले उद्धार गरे । फरक धार

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com