Home Vlog लयन्सको हलहले गाउँमा ७ लाख सहयोग र पदस्थापन

लयन्सको हलहले गाउँमा ७ लाख सहयोग र पदस्थापन

by ईलालटिन
0 comment

पर्वत । पर्वतमा रहेको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालमा आबद्ध क्लबहरूको सोमबार सदरमुकाम कुश्मामा एकैसाथ पदस्थापन र सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ शिवालय कुश्मा पर्वत, लायन्स क्लब अफ पर्वत कुश्मा सिटी, लायन्स क्लब अफ पर्वत मोदी काली, लायन्स क्लब अफ पर्वत चौतारी, लायन्स क्लब अफ पर्वत कालीगण्डकी र लिओ क्लब अफ पर्वत कुश्मा सिटी सहित ६ वटा क्लबहरूको एकैसाथ पदस्थापन गरिएको हो ।

पद स्थापित हुने क्लबका अध्यक्षहरूमा क्रमशः मीनप्रसाद शर्मा, कमला शर्मा, राजन कुमार जोशी, हरि विकास जिसी, यामनाथ शर्मा र रजनी बस्याल रहेका छन् ।

सामाजिक कामका लागि चिनिने लायन्स क्लबले पर्वतको मोदी गाउँपालिका वडा–४ हलहलेमा स्थानीयहरूको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले ७ लाख रुपैयाँ सहयोग गरेको छ । क्लबले यस भन्दा अघि हलहले गाउँलाई मोडल भिलेजको परिकल्पना अनुरूप घरहरूमा एकै किसिमका रंगरोगन गर्ने काम सम्पन्न गरिसकेको छ ।

“मोडल भिलेजकै निरन्तरता दिने क्रममा हामीले गाउँमा अति विपन्न परिवारको आयआर्जनमा सहयोग मिलोस् भनेर ७ लाख रुपैयाँ सहयोग गरेका छौँ ।” रिजनल चियर पर्सन लायन राजन जोशीले भने, “गाउँमा सहकारी सञ्चालन गर्ने अनि त्यही सहकारी मार्फत सिपमूलक र आयमूलक कामहरूमा स्थानीयलाई जोडेर उनीहरूको आयस्रोतमा वृद्धि गराउने हाम्रो लक्ष्य हो ।”

कार्यक्रमको प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालकी गभर्नर लायन सुचित्रा थापाले लायन्स क्लबको महत्वको विषयमा बोल्दै अझैँ बढी सामाजिक कार्यमा जोडिन पर्वतका लायन्सहरुलाई आग्रह गरिन् । उनले अन्तर्राष्ट्रिय जगत्मा लायन्स क्लबले अनवरत मानवीय सेवामा काम गरिरहेको हुँदा त्यसैको मर्म अनुरूप कर्म गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् ।

यस्तै कार्यक्रमका अर्का विशिष्ट अतिथि कुश्मा नगरपालिकाका नगर प्रमुख एवं लायन्स क्लब अफ पर्वत मोदीकालीका संस्थापक अध्यक्ष रामचन्द्र« जोशीले पर्वतमा रहेका लायन्स क्लबहरूले गर्दै आएका सामाजिक गतिविधिका बारेमा खुलेर प्रशंसा गर्दै थप दिनदुखीहरुको भरोसा बन्नका लागि शुभकामना दिए ।

कार्यक्रमको अध्यक्षता पर्वतमा आबद्ध लायन्सका सबै अध्यक्षहरूको थियो भने स्वागत रिजनल चियर पर्सन राजन जोशी र सञ्चालन जोन चियर पर्सन लायन सरस्वती शर्मा जिज्ञासुले गरेकी थिइन् ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com