बाग्लुङ । आज हामी बाग्लुङ जिल्लाको बलेवामा रहेको बलेवा बिमानस्थलमा आईपुगेका छौँ । जेष्ठ महिनाभित्र काम सम्पन्न गर्ने गरी यतिबेला बिमानस्थलमा बिहान ७ देखि राति १२ बजेसम्म स्तरउन्नतीको काम युद्धस्तरमा चलिरहेको छ ।
विमानस्थललाई बाह्रै महिना संचालन गर्नेगरी नागरिक उड्यन प्राधिकरणले कालोपत्रेको काम थालेको हो । अहिलेसम्म बलेवा विमानस्थलमा सानो टुइनेटर जहाजमात्रै चल्न सक्ने अवस्था छ । धवनमार्ग कालोपत्रे भएपछि ठूलो जहाजले समेत उडान भर्न सक्ने बताइएको छ ।
२६ बर्षसम्म बन्द रहेको बलेवा विमानस्थल बागलुङ नगरपालिकाको पहलमा २०७४ साल चैत ९ गतेदेखि पुनः एक बर्ष संचालनमा आएर बन्द भएको थियो ।