Home अर्थ/वाणिज्य प्रि ओपन सेसन अपडेटः साढे ४ अंक घट्यो नेप्से

प्रि ओपन सेसन अपडेटः साढे ४ अंक घट्यो नेप्से

by ईलालटिन
0 comment

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ६३.५४ अंक घटेर २५४७.०४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.४८ अंक घटेर २५४२.५७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ९ स्टकको २२ लाख ५५ हजार ८७१ रुपैयाँ ४० पैसा बराबरको ४ हजार २५७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये कुनै पनि स्टकको मूल्य बढेको छैन भने ६ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ। मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com