Home अर्थ/वाणिज्य नेपाल इन्भेष्टमेन्ट बैंकले बोनस शेयर हितग्राही खातामा पठाउने

नेपाल इन्भेष्टमेन्ट बैंकले बोनस शेयर हितग्राही खातामा पठाउने

by ईलालटिन
0 comment

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (NIB) ले १२.६६१ प्रतिशत बोनस शेयर, शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने भएको छ। बैंकले मंसिर ५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा पठाउन लागेको हो। हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिक गराई खाताको विवरण उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ।

मंसिर १७ गते सम्पन्न बैंकको ३५ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सो बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भइ अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको छ। बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com