Home समाचार एमसीसीमा असहमति जनाउनेहरूले सरकार छाड्नुपर्छ : गोकर्ण विष्ट

एमसीसीमा असहमति जनाउनेहरूले सरकार छाड्नुपर्छ : गोकर्ण विष्ट

by ईलालटिन
0 comment

गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धनका केही राजनीतिक दलहरूले एमसीसीका विषयमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । गृहजिल्ला गुल्मीको मुसिकोट नगरपालिका–५ आँपचौरको तल्लाफाँटमा सहिद पार्कमा निर्मित विभिन्न भौतिक संरचनाको उद्घाटन गर्दै उनले भने,‘सत्ता मै रहेका कतिपय राजनैतिक दलका मित्रहरूले म मन्त्री भएको हैसियतले एमसीसीमा असहमति जनाउन मिल्दैन तर सांसदको हैसियतमा भने एमसीसी पास गर्न हुन्न भन्ने पक्षमा छु भनेको सुन्छु ।’

यस्तो पनि कहीँ हुन्छ ? उनले प्रतिप्रश्न गर्दै थपे,‘संसदीय इतिहासमा यस्तो लाज मर्दो, अनौठो तमासा अहिलेसम्म कहीँ कतै देखिएको थिएन । मन्त्री पद जोगाउनका लागि एमसीसीको पक्षमा हुने, बाहिर चाहिँ एमसीसीको विपक्षमा कार्यकर्ता उराल्ने ? एमसीसीको विपक्षमा भए सरकार छाड्नुपर्‍यो नत्र यस्तो तमासा देखाउनु भएन,’ उनले थपे । आफ्नो पार्टी एमालेको तर्फबाट भने एमसीसीका बारेमा उनले धारणा खुलस्त पार्न सकेनन् । उनले भने, ‘एमसीसी लगायतका मुद्दामा नेकपा एमालेले राष्ट्र र जनताको हितमा निर्णय लिने छ ।’ मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com