Home अर्थ/वाणिज्य डिजिटल इकोसिस्टम विस्तारकोलागि नेपाल पेमेन्ट सोलुसन्स र समृद्धि फाइनान्सको सहकार्य

डिजिटल इकोसिस्टम विस्तारकोलागि नेपाल पेमेन्ट सोलुसन्स र समृद्धि फाइनान्सको सहकार्य

by ईलालटिन
0 comment

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै समृद्धि फाइनान्ससँग (SFCL) सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स्का प्रमुख अनुभव अधिकारी प्रताप श्रेष्ठ र  बिजनेश डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ तथा समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनी र प्रमुख प्रबन्धक बिनोद राज पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो विस्तारसँगै नेपाल पेमेन्टले फाइनान्ससँगै आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्न सक्नेछ । यससँगै, उनीहरूले लेनदेन बैंकिङमा मूल क्षमताको लाभ उठाउन सक्ने भएका हुन् । साे सम्झौता अनुसार फाइनान्ससँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । -नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ । साथै, उनीहरूले डिजिटल प्रविधिको लाभ उठाएर उच्च स्तरीय बैंकिङ सेवाहरू र भुक्तानी समाधानहरू समेत प्राप्त गर्ने जनाइएकाे छ ।

नेपाल पेमेन्ट सोलुसन एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ । समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो जसले ५० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १५ भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com