Home विशेष स्वर्गीय लामिछानेको सम्झनामा स्मृति भवनको शिलन्यास

स्वर्गीय लामिछानेको सम्झनामा स्मृति भवनको शिलन्यास

by ईलालटिन
0 comment

पर्वत । नेपाली काँग्रेस पर्वत नेता तथा समाज सुधारका अभियन्ता स्व. डिल्लीराम लामिछानेको स्मृतिमा पर्वतकै कुश्मा नगरपालिका–८ कटुवाचौपारीको साईकलचोक नजिकै स्मृति भवनको शिलन्यास गरिएको छ ।

स्वर्गीय लामिछानेको छैटौँ स्मृति सभाको सन्दर्भ पारेर ‘डिल्लीराम लामिछाने स्मृति भवन’ निर्माणको शिलान्यास गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले गरेका हुन् । त्यस अवसरमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सारा जीवन नै समाज परिवर्तनमा लगाएका डिल्ली लामिछानेको स्मृति सभामा सहभागी हुन पाउनु निकै खुसीको कुरा भएको बताए । कार्यक्रममा सहभागी भएका सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ तथा बिना विभागीय मन्त्री डोबाटे विश्वकर्माले पनि स्वर्गीय लामिछानेको बाटोलाई अवलम्बन गर्दा सकारात्मक समाज निर्माणमा बल पुग्ने उल्लेख गरे ।

सोही अवसरमा बोल्दै मुख्यमन्त्री पोख्रेलले सञ्चालनमा रहेका बहुवर्षिय योजनाका कारण प्रदेशमा नयाँ योजनाहरू थप गर्न नसकेको बताएका छन् । नेपाली काँग्रेस पर्वत नेता तथा समाज सुधारका अभियन्ता स्व. डिल्लीराम लामिछानेको छैटौँ स्मृति सभाको सन्दर्भ पारेर ‘डिल्लीराम लामिछाने स्मृति भवन’ निर्माणको शिलान्यास गर्दै यस्तो बताएका हुन् । एमालेको नेतृत्वमा रहेको पूर्व सरकारले ठुला–ठुला योजनाहरूलाई बहुवर्षिय योजनाका रूपमा अगाडि बढाएको र कतिपयलाई सोही प्रक्रियामा लगेका कारण प्रदेशले जनताको माग अनुसार नयाँ नयाँ योजना थप गर्न नसकिएको उनले स्पष्ट पारे ।

नयाँ योजना ल्याएर जनताले चाहेको जस्तो खुसी दिन नसके पनि कोरोनाले थला पारेको अवस्थामा गण्डकी प्रदेश सरकारले महामारीमा परेर मृत्यु भएकाहरूको परिवारलाई ५० हजार दिने तथा कोरोनाकै कारण अभिभावक गुमाएका बालबालिकाहरूलाई १८ वर्ष नपुग्दासम्म मासिक पाँच हजार रुपैयाँ दिने निर्णय गर्नुले राम्रो काम भएको उनको मुख्यमन्त्री पोख्रेलको भनाई छ । केही योजनालाई तत्कालका लागि रोकेर भए पनि कोरोना विरुद्ध लड्नुपर्ने बाध्यता रहनु तथा बर्खा याममा गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट ठुलो जनधनको क्षति हुँदा राहत र उद्धारमा समेत बजेट प्रयोग गर्नुपरेको उनले बताए ।

भवन निर्माणको लागि प्रदेश सरकारले २० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बाँकी रकम विभिन्न व्यक्तिले गर्ने सहयोगबाट सङ्कलन हुने कुश्मा नगरपालिकाकी उपप्रमुख समेत रहेकी स्वर्गीय लामिछानेकी पत्नी सिता काफ्ले लामिछानेले बताइन् । शिलन्यास कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ तथा बिना विभागीय मन्त्री डोबाटे विश्वकर्माले पनि भनाई राख्दै स्वर्गीय लामिछानेको बारेमा बताएका थिए । न्यूज दृष्टि

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com