Home अर्थ/वाणिज्य ओरिएण्टल इन्स्योरेन्सको खुद नाफा २६३ प्रतिशतले बढ्यो

ओरिएण्टल इन्स्योरेन्सको खुद नाफा २६३ प्रतिशतले बढ्यो

by ईलालटिन
0 comment

काठमाडौं  । ओरिएण्टल इन्स्योरेन्सले चालू आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा २ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्षको यहि अवधिको तुलनामा यो २६३.६३ प्रतिशत अर्थात एक करोड ८४ लाख रुपैयाँले बढी हो । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६९ लाख ८५ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले २८ करोड ४० लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २३ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले पुर्नबीमा कमिशनबाट २ करोड २ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यवाट ३ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै कम्पनीले २ करोड ७९ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ भने पुनर्बीमा कमिशन वापत ९ लाख १७ हजार रुपैयाँ खर्च गरेको छ ।

कम्पनीको बीमा कोषमा ९९ करोड ३१ लाख रुपैयाँ र जगेडा कोष १५ करोड २५ लाख रुपैयाँ सञ्चित रहेको छ ।यस अवधिसम्ममा कम्पनीले २ हजार १५४ बीमालेख जारी गरी ३६ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै कम्पनीको ६ हजार ६३० वटा बीमालेख नवीकरण भएको छ । कम्पनीले ६३९ वटा दाबी वापत ५ करोड १८ लाख भुक्तानी गरेको छ भने २ हजार १९९ वटा दाबी वापत ७२ करोड ९९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com