Home राजनीति नेपाली कांग्रेस १४औँ महाधिवेशन : पौडेल मतदानमा सहभागी नहुने

नेपाली कांग्रेस १४औँ महाधिवेशन : पौडेल मतदानमा सहभागी नहुने

by ईलालटिन
0 comment

काठमाडौँ  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल महाधिवेशनअन्तर्गतकाे निर्वाचनमा मतदान नगर्ने भएका छन्। पार्टीको १४औँ महाधिवेशनकाे नेतृत्वकाे प्रतिस्पर्धाबाट अलग्गिएका पाैडेलले मतदानमा समेत सहभागी नहुने निष्कर्ष निकालेका हुन्।

पाैडेलले लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका थिए। इतरबाट सहमतिमा सभापतिको साझा उम्मेदवार हुन नसकिएपछि पौडेल प्रतिस्पर्धाको दौडबाटै बाहिरिएका हुन्।

पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए। उनी पनि सभापतिका आकांक्षी थिए। तर सहमति जुट्न नसकेपछि पौडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिए र मतदानमा नै सहभागी नहुने घोषणा गरेका थिए।

पौडेललाई फकाउन देउवा उम्मेदवारी दर्तापछि उनको निवाससम्मै पुगेका थिए। देउवाले आफूलाई सहयोग गर्न वा अरुहरुको पक्षमा नखुल्न आग्रह गरेका थिए।देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताएका थिए।

कांग्रेसकाे सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन्। वर्तमान सभापति शेरबहादुर देउवा प्रकाशमान सिंह शेखर काेइराला विमलेन्द्र निधि र कल्याण गुरुङ कांग्रेस सभापतिकाे प्रतिस्पर्धामा रहेका हुन्। आज १३४ पदका लागि चुनाव हुँदैछ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com