पर्वत । नेकपा एमालेले केन्द्रीय सदस्यमा केही नेताहरूलाई मनोनीत गरेको छ । विधानत ५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था अनुसार जारी केन्द्रीय कमिटी बैठकले उनीहरूलाई मनोनीत गरेको हो ।
४३ जना केन्द्रिय सदस्य मनोनीत हुँदा पर्वत जिल्लाबाट चाहिँ दुई जनाले केन्द्रीय सदस्य बन्ने मौका पाएका छन् ।
जिल्ला अध्यक्ष तथा सङ्घीय सांसद पदम गिरी र संविधान सभा सदस्य कल्पना चापागाईँले उक्त अवसर पाउन सफल भएका हुन् । त्यसतै अर्का केन्द्रीय सदस्यका प्रतिस्पर्धी पूर्व मन्त्री विकास लम्साल भने मनोनयनमा पर्न सकेनन् ।