Home अर्थ/वाणिज्य बजारको ‘हुइम’ मा यसरी फस्न पुगे लगानीकर्ता, नीतिगत अस्थिरता नै शेयर बजार सुधारको बाधक

बजारको ‘हुइम’ मा यसरी फस्न पुगे लगानीकर्ता, नीतिगत अस्थिरता नै शेयर बजार सुधारको बाधक

by ईलालटिन
0 comment

काठमाडौं । शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुले आफू फसेको महशुस गरेका छन् । निर्वाचनको घोषणा भएसँगै शेयर बजार माथि जाने आंकलन लगानीकर्ताले गरेका थिए । तर, निर्वाचनको घोषणा हुँदै छ भन्ने संकेत पाउँदा वित्तीकै बढेको बजार घोषणा भएसँगै निरन्तर ओरालो लाग्न पुग्यो । निर्वाचनको घोषणा हुनु भन्दा पहिला किनेका लगानीकर्ताले घोषणा भएपछि अझै बढ्ने अनुमान गरिएको थियो । तर, बजार निर्वाचनको घोषणा हुनु भन्दा पहिला नै बढेकाले घोषणा भइसकेकापछि ओरालो लाग्न पुग्यो । निर्वाचनको घोषणा हुनु अघि करिव २९०० अंक नजिक रहेको नेप्से अहिले २५४० अंकमा आइपुगेको छ ।

निर्वाचन हुने वर्ष शेयर बजार उकालो लाग्दै आएको विगतका वर्षहरुको अनुभव लगानीकर्तामा छ । त्यही आधारमा लगानीकर्ता-ले शेयर उठाए । तर, लगानीकर्ताको जुन सोचाइ छ, त्यो भन्दा ठिक विपरित बजार गयो । त्यसले गर्दा लगानीकर्ता नराम्रोसँग फस्न पुगे । नेपालको शेयर बजारमा मुलुकको समग्र अर्थतन्त्रको ‘फन्डामेन्टल’ ले केही काम नगर्ने र हल्लाको भरमा चल्ने भएकाले जहिले पनि बढी जोखिम हुने गरेको अर्थविद् डा. पोषराज पाण्डेले बताए । ‘नेपालको शेयर बजार अर्थतन्त्रको तथ्यांकले चल्दैन् । जसले जस्तो हल्ला बनायो, त्यसैको पछि शेयर बजार लाग्छ । कागले कान लग्यो भन्ने वित्तीकै कान नछामी कागको पछाडि लागे जस्तै त हो नेपालको शेयर बजार । त्यसैले यहा अर्थतन्त्रको ‘फन्डामेन्टल’ ले केही काम गर्दैन्,’ उनले भने, ‘शेयर बजारमा हल्ला पिटाएर आफ्नो फाइदा लिने धेरै छन् ।’

निर्वाचन भएको वर्ष अनौपचारिक क्षेत्रबाट रकम बजारमा आउने र त्यसले लगानीयोग्य (तरलता)को अभाव कम हुने आंकलन गरिदै आइएको थियो । त्यसैकारण निर्वाचनको घोषणा हुनु अघि शेयर बजार उकालो लाग्न पुगेको थियो । तर, निर्वाचनको घोषणपछि शेयर बजार ओरालो लाग्न पुग्यो । निर्वाचनको घोषणा हुनु अघि तरलताको अभाव हुने हौवा फिजाइयो । त्यसैले बजार बढ्न पुग्यो । तर, पछि त्यो हल्ला सेलायो अनि निर्वाचनका लागि पैसा जोहो गर्न नेताहरुले शेयर बिक्री गर्न थाले भन्ने हल्ला फैलिएपछि शेयर बजार पुनः ओरालो लाग्न पुग्यो । समाजिक सञ्जाल र पत्रपत्रिकामा आएका साना तिना समचारले पनि बजारलाई प्रभाव पर्ने पाण्डेले बताए । ‘हल्लाकै भरमा बजार बढ्न र घट्न सक्छ,’ उनले भने, ‘हल्ला भन्दा पनि अर्थतन्त्रको सूचकका भरमा लगानी गर्नु उचित हुन्छ ।

’ शेयर बजारलाई अनेक किसिमले प्रभाव पार्ने गर्छ । निर्वाचनको घोषणा पछि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भयो । त्यसले पनि शेयर बजारलाई प्रभाव पार्ने काम गर्यो । निर्वाचनको घोषणा लगतै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गयो । उक्त अर्ध वार्षिक समीक्षामा अनुत्पादक क्षेत्रमा जाने कर्जाको ब्याजदर र उत्पादनमूलक क्षेत्रमा जाने कर्जाको ब्याजदर अलग हुने नीतिगत व्यवस्था गरियो । यस्तो व्यवस्थाले पनि शेयर बजार बढ्नुको साटो उल्टै घट्न पुग्यो । -त्यतिमात्र होइन्, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ४¬÷१२ को नीति परिर्वतन हुने सम्भावना देखिएको थियो । ४¬÷१२ को नीति हटाउने जस्तो हल्ला फैलिएको थियो ।

तर, केन्द्रीय बैंकले ४¬÷१२ को नीति हटाउने भन्दा पनि शेयर बजार, घरजग्गालगायतका क्षेत्रमा जाने कर्जालाई झनै कस्न पुग्यो । यसले गर्दा पनि शेयर बजार ओरालो लाग्न पुग्यो । अहिले पनि शेयर बजार निरन्तर ओरालो यात्रामा छ । राष्ट्र बैंकको अस्थिर नीतिका कारण शेयर बजारमा नकारात्मक असर पर्दै आएको छ । शेयर बजारलाई हेर्ने दृष्टिकोणमा परिर्वतन नआउने हो भने बजार सुधार हुने सम्भावना देखिएको छैन् ।

अपेक्षा विपरित शेयर बजार

निर्वाचन घोषणा अघि निर्वाचनको घोषणा भएपछि शेयर बजार बढ्ने अपेक्षा लगानीकर्ताले गरेका थिए । निर्वाचन घोषणासँगै शेयर बजारलाई सकारात्मक बाटोमा लैजान्छ भन्ने आम अनुमान विपरित सूचक निरन्तर ओरालो लागिरहेको छ । चुनावसँगै सरकारी खर्च बढ्छ, उपभोग्य बस्तुको मूल्य बृद्धि भएपछि सर्वसधारणको पैसा पनि बाहिर आउँछ र निजी क्षेत्रको लगानी पनि बृद्धि हुन्छ । अन्तर्राष्ट्रिय सहयोग, ऋण पनि भित्रिन्छ भन्ने थियो । त्यसले गर्दा शेयर बजारमा सकारात्मक असर पार्ने आंकलन गरिएको थियो । तर, त्यो आंकलनको ठिक विपरित बजार घट्न पुग्यो ।

सरकारले २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन गराउने मिति तय गरेको छ । निर्वाचनका लागि निर्वाचन आयोगले १२ खर्ब खर्च लाग्ने बताएकामे छ । उक्त रकमका अलावा अन्य खर्च निर्वाचनमा प्रयोग हुने र त्यो रकम बैंकिङ प्रणालीमा आउने देखिएपछि तरलताको अभाव हट्ने अनुमान गरिएको हो । -अब चुनाव हुन करिव करिव ७० दिन बाँकी छ ।चुनाव घोषणापछि सूचक ओरालो लागेसँगै कारोबार रकममा गिरावट आएको छ । तर लामो समयदेखि बजारमा सकृय लगानीकर्ता शेयर बजार अब धेरै घट्ने अवस्थामा नभएको बताउन थालेका छन् । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com