एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५ करोड २ लाख ९६ हजार ८ सय ९८ पुगेको हो। हालसम्म १२ लाख ५५ हजार ४५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने ३ करोड २९ लाख २२ हजार ९ सय ११ जना निको भइसकेका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ९९ लाख ५४ हजार ९ सय ५२ पुगेको छ भने २ लाख ३७ हजार ५ सय ६१ जनाको मृत्यु भएको छ। यस्तै, भारतमा ८५ लाख ७ हजार ७ सय ५४ जना संक्रमित र १ लाख २६ हजार २ सय ६९ को मृत्यु, ब्राजिलमा ५६ लाख ५३ हजार ५ सय ६१ जना संक्रमित र १ लाख ६२ हजार २ सय ६९ को मृत्यु तथा फ्रान्समा १८ लाख ३५ हजार १ सय ८७ संक्रमित र ४० हजार ४ सय ९० जनाको मृत्यु भएको छ।
यस्तै, रुसमा १७ लाख ६० हजार ४ सय २० संक्रमित र ३० हजार २ सय ९२ को मृत्यु तथा स्पेनमा १३ लाख २८ हजार ८ सय ३२ जना संक्रमित र ३८ हजार ८ सय ३३ जनाको मृत्यु भएको छ।