Home अर्थ/वाणिज्य युवा उद्यमी आर्थिक विकास र सामाजिक रुपान्तरमा लाग्नुपर्छ: ऊर्जामन्त्री भुसाल

युवा उद्यमी आर्थिक विकास र सामाजिक रुपान्तरमा लाग्नुपर्छ: ऊर्जामन्त्री भुसाल

by ईलालटिन
0 comment

काठमाडौं  ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले युवा उद्धमीहरूले आर्थिक तथा सामाजिक विकासलाई प्रवर्द्धनमा गर्नुपर्नेमा जोड दिएकी छिन् । नेपाल युवा उद्यमी मञ्चले आज आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटनमा उनले नयाँ पुस्तालाई उत्पादनमा जोड्नकालागि युवा उद्धमीको संस्था ७५३ स्थानीय तहमा विस्तार हुनुपर्छ भनिन् ।

मन्त्री भुसालले भनिन्, “आयात निरुत्साहित र निर्यात प्रवर्द्धन गर्न उत्पादन विस्तार गर्नुछ । त्यसका लागि देशभरका युवा उत्पादनमा संलग्न हुनुपर्छ ।” उनले कृषि उत्पादनमा युवा पुस्ता आकर्षित हुँदा नै देश समृद्धिको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै युवा पुस्तालाई सङ्गठिन गरेर उद्धममा प्ररित गर्नुपर्ने बताइन् ।औद्योगिकीकरण, यान्त्रिकरण र व्यवसायीकरणलाई प्राथमिकता राखेर अगाडि बढ्नुपर्ने बताउँदै मन्त्री भुसालले भनिन्, “आर्थिक र सामाजिक विकासमा युवा उद्धमीहरू लाग्नुपर्छ ।” परम्परागत पीतृ सत्ताका कारण महिला पछि परेको उल्लेख गर्दै महिला उद्यमीहरूले शिक्षा, स्वास्थ्यमा मात्र नभई उद्यमसिलतामा अब्बल हुनुपर्नेमा उनको जोड थियो ।

राजनीति, स्वाथ्य, शिक्षा र रोजगारका क्षेत्रमा महिला र पुरुषबीचमा समान अधिकार भएपछि मात्रै सबैले सबैसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको सिर्जना हुने बताउँदै मन्त्री भुसालले महिलाले आफ्नो क्षमता विकास गरेर आर्थिक तथा सामाजिक अधिकार कार्यान्वयमा ध्यान दिनुपर्ने बताइन् । कृषि उत्पादन विस्तार गर्नका लागि अनुसन्धन एवं प्रवद्र्धनमा लाग्न आग्रह गर्दै उनले भनिन्, “कृषि प्रधान देशले वर्षेनि रु तीन खर्ब बराबरको कृषिजन्य सामग्री आयात हुनु होइन, कृषि उत्पादकत्व विस्तार गर्ने उद्योगलाई सरकारले सहयोग गर्छ ।”कार्यक्रममा नेपाल युवा उद्यमी मञ्चका -Jअध्यक्ष उदीप श्रेष्ठले युवालाई उद्यमसिलतामा जोड्नकै आफूहरू लागिपरेको उल्लेख गर्दै आगामी दिनमा देशभरका युवालाई सङ्गठित गरेर उद्यममा लाग्न प्रेरित गर्ने विश्वास दिलाए। मेरोलगानी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com