पर्वत । पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिकाको प्रमुख र उप–प्रमुखका लागि जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी परेको छ ।
फलेवासमा राष्ट्रिय जनमोर्चाले नगरप्रमुखमा उम्मेदवारी दिएको छ । यस्तै कुश्मा नगरपालिकामा स्वतन्त्रबाट नगरप्रमुख र उप–प्रमुखमा उम्मेदवारी परेको छ ।
वडाहरूमा पनि स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
अहिले सम्म एक दल सहित ७ जनाले उम्मेदवारी दिएका छन् । कार्यालयका अनुसार दलिए रूपमा उम्मेदवारी दर्ता गर्न जनमोर्चा बाहेक कुनै दल नआएको बताएको छ ।
स्थानीय तहको निर्वाचन अन्तर्गत आज र भोलि उम्मेदवारी दर्ताको कार्य तालिका रहेको छ । भोलि बेलुका ५ बजे भित्रमा उम्मेदवारी दिइसक्नुपर्ने छ ।
