Home अर्थ/वाणिज्य बलेफी हाइड्रोपावरको शेयर बाँडफाँट, ३ हजार ६४० जनाको आवेदन रद्द

बलेफी हाइड्रोपावरको शेयर बाँडफाँट, ३ हजार ६४० जनाको आवेदन रद्द

by ईलालटिन
0 comment

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको शेयर बाँडफाँट भएको छ । आज मंगलबार विहान कम्पनीको शेयर निकाशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट भएको हो । आईपीओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७४० कित्ताको लागि आवेदन दिएका थिए । त्यसमध्ये ३ हजार ६४० जनाको आवेदन रद्द भएका छन् ।

त्यस अनुसार २१ लाख ६८ हजार १०० जनाको मात्रै योग्य आवेदन परेको छ । कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट भएको छ । त्यस अनुसार योग्य आवेदकहरु मध्ये गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा १ लाख ६६ हजार ३४५ जनाले शेयर पाएका छन् । त्यस मध्येपनि भाग्यमानी तीन जनालाई बाँकि रहेको ३ कित्ता शेयर एक/एक कित्ताको दरले वितरण गरिएको छ ।

त्यस अनुसार अधिकतम पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् । कम्पनीले चैत १६ देखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने १६ लाख ६३ हजार ४५३ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको हो । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com