Home समाचार कांग्रेसले माग्यो घोषणा पत्रका लागि सर्वसाधारणबाट सुझाव

कांग्रेसले माग्यो घोषणा पत्रका लागि सर्वसाधारणबाट सुझाव

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र बनाउने काम भइरहेकोले सुझाव दिन पार्टीका नेता तथा कार्यकर्ताहरू र सर्वसाधारणका लागि आग्रह गरेको छ। महामन्त्री गगन थापा नेतृत्वमा कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित घोषणा पत्र बनाइरहेको छ। स्थानीय तहको घोषणा पत्रमा समेटिनुपर्ने विषयबारे कांग्रेसले सर्वसाधारणबाट पनि सुझाव माग गरेको छ।

टोल फ्रि नम्बर १६६००११५८८८ मार्फत् सुझाव दिन सकिनेछ।साथै ९८५१३४२५५५ नम्बरमा भाइबर गरेर सुझाव दिन पनि सकिने कांग्रेसले जनाएको छ।०७९ वैशाख ३० मा हुने निर्वाचनका लागि कांग्रेसले केन्द्रबाट घोषणा पत्र र सबै स्थानीय तह वा वडाबाट प्रतिवद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको छ।घोषणा पत्रबारे छलफल गर्न कांग्रेसले बुधबार दिउँसो बस्ने गरी पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि राखेको छ। घोषणा पत्र निर्माण समितिका सदस्यसमेत रहेका पार्टीका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वैशाख ११ मा घोषणा पत्र सार्वजनिक गरिने बताए। सबैको सुझाव लिएर घोषणा पत्र बनाइने उनको भनाइ छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com