Home अर्थ/वाणिज्य स्वास्थ्य बीमाको लक्ष्य पुरा भएन, छ वर्षमा बल्ल ३० प्रतिशत घरधुरी समेटियोे

स्वास्थ्य बीमाको लक्ष्य पुरा भएन, छ वर्षमा बल्ल ३० प्रतिशत घरधुरी समेटियोे

by ईलालटिन
0 comment

काठमाडौं । सरकारले आम नागरिकहरुको स्वास्थ्य उपचारको अधिकार सुनिश्चित गर्ने लक्ष्य सहित २०७२ चैतमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो । सरकारले स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गर्दै पाँच वर्ष भित्र सबै नागरिकलाई स्वास्थ्य बीमाका समेट्ने लक्ष्य लिएको थियो । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ वर्ष पुरा भैसक्दा स्वास्थ्य बीमाको लक्ष्य पुरा भएको छैन । स्वास्थ्य बीमा बोर्ड कार्यक्रम सञ्चालनमा ल्याएको चैत २५ गते शुक्रबार छ वर्ष पुरा भएको हो ।

स्वास्थ्य बीमा कार्यक्रमले ६ वर्ष पुरा हुदाँ ३० प्रतिशत घरधुरीमा मात्रै पहुँचमा पुगेको स्वास्थ्य बीमा बोर्डको तथ्यांक छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चैत २५ गतेसम्ममा स्वास्थ्य बीमाको पहुँच १६ लाख २७ हजार ७५८ घरधुरीका ५२ लाख ४८ हजार २६५ जनामा पुगेको छ । यो कुल घरधुरीको आधारमा २९.९० प्रतिशत हो ।कुल बीमितमध्ये नर्मल बीमितको संख्या ८ लाख ५४ हजार ९८७ जना, अति गरिब परिवारको बीमित सदस्य संख्या ४ लाख ८६ हजार ८१६ जना, ज्येष्ठ नागरिक परिवारको बीमित सदस्य संख्या ६ लाख २३ हजार ४२६ जना, एचआईभी संक्रमित बीमित संख्या २५ हजार ३ जना र एचआईभी संक्रमित बीमित परिवार सदस्य संख्या १२ हजार ७७२ जना रहेको बोर्डको तथ्यांक छ ।

यस्तै अति अशक्त अपाङ्गता भएका परिवारको बीमित सदस्य संख्या ९२ हजार १५२ जना, कुष्ठरोग संक्रमितको परिवारको बीमित सदस्य संख्या २ हजार ८४७ जना, एमडिआर टिबी संक्रमित बीमित परिवार संख्या २ हजार ४५९ जना, महिला स्वास्थ्य स्वयंसेविका परिवारको बीमित सदस्य संख्या ८३ हजार ९० रहेको बोर्डले जनाएको छ ।गत आर्थिक वर्षको अन्त्यसम्ममा २५.४९ प्रतिशत अर्थात १३ लाख ८३ हजार ६६२ घरधुरी स्वास्थ्य बीमाको दायरामा समेटिएको थियो ।

स्वास्थ्य बीमा नविकरण करिब ५४ प्रतिशत मात्रै

चालु आर्थक वर्षको फागुनसम्ममा ५० प्रतिशत हराहरीले मात्रै स्वास्थ्य बीमा नविकरण गरेको पाइएको छ ।बोर्डको तथ्यांक अनुसार फागुनसम्ममा ८ लाख ८३ हजार ६९ घरधुरीमा २८ लाख ७ हजार ८९७ जनाले स्वास्थ्य बीमा नविकरण गरेका छन् । यो घरघुरीको आधारमा ५४.६५ र सदस्य संख्याको आधारमा ५३.५० प्रतिशत मात्रै हो । चालु आर्थिक वर्षको फागुनसम्ममा १६ लाख १५ हजार ६८९ घरधुरीमा ५२ लाख ४८ हजार २६५ जनामात्रै स्वास्थ्य बीमा कार्यक्रममा समेटिएका छन् ।

बीमाशुल्कको करिब तीन गुणा बढी भुक्तानी

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत संकलन भएको कुल बीमाशुल्कको करिब ३ गुणा रकम हालसम्म भुक्तानी भएको छ ।कार्यक्रम सञ्चालन भएपछि स्वास्थ्य बीमा भएको छ । साढे ६ अर्ब रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको बोर्डले दाबी बापत भने तीन गुणा बढी दाबी भुक्तानी गरेको छ । कार्यक्रम सञ्चालनमा आएपछि बोर्डले १८ अर्ब २३ करोड रुपैयाँ दाबी वापत भुक्तानी गरेको बोर्डले जनाएको छ ।

यो बोर्डले संकलन गरेको ६ अर्ब ५० करोड रुपैयाँ बीमाशुल्कको २.८१ गुणा बढी हो ।सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न हरेक वर्ष बजेट विनियोजन गर्दै आइरहेको छ । कार्यक्रम सञ्चालनमा आएको सात आर्थिक वर्षमा सरकारले कुल २० अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।चालु आर्थिक वर्षमा सरकारले स्वास्थ्य बीमा कार्यक्रमकाे लागि ७ अर्ब ५० कराेड रूपैयाँ बजेट विनियोजन गरेको छ ।मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com