Home समाचार गठबन्धनमा मेयर/ उपमेयरको मोलमोलाइ गर्नेलाई तुरुन्त नियन्त्रण गरौं : सुदन किराँती

गठबन्धनमा मेयर/ उपमेयरको मोलमोलाइ गर्नेलाई तुरुन्त नियन्त्रण गरौं : सुदन किराँती

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् भोजपुरबाट निर्वाचित प्रतिनिधिसभा सांसद सुदन किराँतीले गठबन्धनमा मेयर/उपमेयरको मोलमोलाइ गर्ने प्रवृत्तिलाई तुरुन्त नियन्त्रण गर्नु पर्ने सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै किराँतीले सैद्धान्तिक आधार भन्दा बाहिर गएर मोलमोलाइ गर्नु ठिक नभएको बताएका छन् । यदि यसरी नै स्थानीय तहका पदमा मोलमोलाइ नै गर्नु हो भने के को लागि गठबन्धन भन्दै किराँतीले प्रश्न गरेका छन्।

‘गठबन्धनको सैद्धान्तिक आधार र मान्यता बाट बाहिर गएर मेयर र उपमेयर पदको लागी मोलतोल गर्नेलाई चरित्रलाई के भन्ने ? गठबन्धन केको लागी गरेका हौ ?’ प्रश्न गर्दै किराँतीले लेखेका छन्, ‘ कुन इतिहासको पृष्ठभूमिमा गरेका हौँ ? यथाशक्य स्पष्ट गरौँ अन्यथा गठबन्धन भङ्ग गरौँ कि बाहिर गएर मोलमोलाइ गर्ने घोर अवसरवादी प्रवृत्तिलाई तुरुन्त नियन्त्रण गरौँ ।’ सत्ता गठबन्धन गरे पनि सबैले इमानदारीताका साथ सहयोग गर्ने र लिने वातावरण बनाउनु पर्ने किराँतीको भनाई छ। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com