Home अर्थ/वाणिज्य आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्र पहिलो प्राथमिकता; अर्थमन्त्री

आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्र पहिलो प्राथमिकता; अर्थमन्त्री

by ईलालटिन
0 comment

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताएका छन् । सोमबार बिहान रुकुमको सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालय, रुकुमले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थालेको जानकारी गराउदै कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउने बताएका हुन् । आगामी आबको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकततामा राख्ने गरी छलफल अगाडी बढाएका छौं’ उनले भने, ‘आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषि क्षेत्रले धेरै मदत गर्ने विश्वास छ ।

’ कूल बैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै उनले आगामी आर्थिक वर्षदेखी प्रत्येक बर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने सरकारको लक्ष्य राखिने बताए । उनले प्रमुख शहरसँग ग्रामिण क्षेत्रको दुरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ पनि बजेटले ध्यान दिने बताए । ‘एउटा शहरबाट अर्को शहरको दुरी घटाउने योजना बनाएका छौं । उदाहरणका लागि काठमाडौंबाट पोखराको सडक दुरी २ घण्टा कायम गराउने गरी योजना बनाइरहेका छौं । अन्यत्र पनि यस्तै योजना बनाउँदैछौं’ उनले भन्नुभयो, ‘ग्रामिण अर्थतन्त्र सुधारमा हामी बिशेष ध्यान दिदैछाैं । ग्रामिण क्षेत्रका उत्पादनले सहजै बजार पहुँच पाउने कुराको सुनिश्चितता गरिनेछ ।’ उनले जनतामा आधारित बिकास मोडललाई समेत बजेटमार्फत कार्यान्वयन गर्ने बताए । ‘जनताले बिकासको अनुभुति गर्ने किसिमको पूर्वाधार निर्माण योजना अघि बढ्नेछन्’ उनले भने , ‘निर्माण कार्य गुणस्तरीय होस् भन्ने कुरामा उत्तिकै ध्यान दिइनेछ ।

’उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, सुन–चाँदी, खानेतेल, प्लास्टिक, डण्डी तथा डण्डीजन्य बस्तु, ढुवानीमा प्रयोग हुने पानीजहाज तथा कन्टेनरको भाँडादरलगायतको मूल्य श्रृङ्खलामा भएको वृद्धिले नेपालमा समेत मूल्यवृद्धिमा चाप परिरहेको बताए । यद्यपी, मूल्यवृद्धिका लागि राखिएको बार्षिक लक्ष्यको बाञ्छित सिमा भित्रै रहेकाले अत्तालिनुपर्ने स्थिति नरहेको जानकारी गराए । शोधानान्तर घाटालाई बिस्तारै सुधार गर्दैै लगेको तथा तरलता अभाव केही दिन भित्रै समाधानउन्मुख भएकाले अर्थतन्त्र बिस्तारै लयमा आउने अनुमान गरेका छन् । अहिले अबैद्य डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको भन्दै उनले यस्ता गतिविधि रोक्न सबै संयन्त्र परिचालन गरेको पनि बताए ।मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com