Home समाचार काठमाडौँमा नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त मेडिकल तालिम

काठमाडौँमा नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त मेडिकल तालिम

by ईलालटिन
0 comment

काठमाडौं । अमेरिकी सेना र नेपाली सेनाको बीचमा संयुक्त मेडिकल तालिम काठमाडौँमा सुरु भएको छ । आकस्मिक अवस्थामा कस्ता मेडिकल सामग्री चाहिन्छ र कसरी तयारी अवस्थामा बस्ने भन्नेबारे सो तालिममा अनुभव आदान प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पताल र महावीर गण रेन्जरमा संचालन हुने तालिममा विभिन्न अपरेशन र प्राकृतिक विपद्को बेला स्वास्थ्य उपचारलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे अमेरिकी सैनिकसँग अनुभव आदानप्रदान हुनेछ । -सो तालिममा १८ जना अमरिकी सैनिक र ४२ जना नेपाली सैनिक प्रशिक्षार्थीहरु सहभागी छन् । चैत ११ सम्म चल्ने सो मेडिकल तालिम बिहिबार नेपाली सेनाका क्लिनिकल रजिष्टार प्राविधिक सहायकरथी डा. राजिव राज शाहीले शुभारम्भ गरेका हुन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com