काठमाडौं । इन्धन (पेट्रोलियम पदार्थ) को मूल्य वृद्धि र यसको वढ्दो खपतले निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरी सांग्रिला डेभलपमेन्ट बैंक (SADBL)ले इन्धन खपत कम गर्ने उद्देश्यका साथ केही सकारात्मक कदमहरु अगाडी वढाएको छ । इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवात जावत गर्दा साईकलको प्रयोग गर्न तथा हिंडेर कार्यालय आवत जावत गर्न उत्प्रेरित गरेकाे छ।
सकेसम्म चार पांग्रे सवारी साधन प्रयोग गर्दा एक्लै यात्रा नगरी अन्य कर्मचारीहरुलाई समेत सोही साधनमा यात्रा गराउन कर्मचारीहरुलाई अनुराेध गरेको छ । यसैगरी सो सम्भव नभएको अवस्थामा चार पांग्रे सवारी साधनको सट्टा दुई पांग्रे सवारी साधनको प्रयोग गर्न वा सार्वजनिक सवारी साधनको प्रयोग गरेर कार्यालय आवत जावत गरी इन्धन खपत घटाउने प्रयासमा योगदान दिन बैंकले आफ्ना कर्मचारीहरुलाई आग्रह गरेको छ ।
बैंकले विद्युतीय सवारी साधन खरिद तथा प्रयोगमा वृद्धि ल्याउन सोही अनुसार सवारी साधन कर्जा सम्वन्धि प्रोडक्ट पेपरहरुमा परिमार्जन गरी सो प्रोडक्ट पेपरको प्रवर्द्धन गर्न लागेको छ । -Jयसैक्रममा विभिन्न किसिमका कार्यक्रम तथा शिविर मार्फत “सेभ फ्युल च्यालेन्ज” भन्ने नाराका साथ अगाडि बढेको बैंकले जानकारी दिएकाे छ । मेरोलगानी ।