काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड(JBLB)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। C6#लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७० प्रतिशत बोनस शेयर र ३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले चैत २५ गते संस्थाको केन्द्रिय कार्यालय कटहरी मोरङ्गमा मकवानपुरको तेस्रो वार्षिक साधारण सभा डाकेको हो। उक्त सभा बिहान १०ः३० बजे शुरु हुनेछ।
सभाले लाभांशका साथै अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अखितयारी प्रदान गर्ने प्रस्ताव सहित अधिकृत पुँजी एक अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँ र जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँबाट एक अर्ब ३ करोड रुपैयाँ पुर्याउने प्रस्ताव समेत सभामा पेशगर्ने छ। साथै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ। -साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १२ गतेदेखि चैत २५ गतेसमम बुकक्लो गर्नेछ । यस अनुसार चैत १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।मेरोलगानी ।