Home अर्थ/वाणिज्य नेष्डो समृद्ध लघुवित्तको आईपीओ शुक्रबार भित्रै बाँडफाँट गर्ने तयारी

नेष्डो समृद्ध लघुवित्तको आईपीओ शुक्रबार भित्रै बाँडफाँट गर्ने तयारी

by ईलालटिन
0 comment

काठमाडौं  । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ यहि साता भित्र बाँडफाँट गर्ने जनाएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले शुक्रबार भित्रै आईपीओ बाँडफाँट गर्ने जनाएको हो । आवेदन भेरिफिकेशनको काम भइरहेको जनाउदै बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले छिटोमा शुक्रबार भित्रै आईपीओ बाँडफाँट गर्ने तयारी भएको जनाएको छ ।  लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पूँजी २५ करोड ५० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ७४ हजार ५६३ कित्ता शेयरमा सर्वसाधारणलाई वितरण हुनेछ । पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ता शेयरको लागि आवेदन परेको छ । माग भन्दाबढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ७७ हजार ४५६ जनाले मात्रै शेयर पाउनेछन् । सर्वसाधारणलाई ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ वितरणपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com