Home अर्थ/वाणिज्य एनएसइ र बिएसइले शुक्रबारदेखि टी प्लस वान सेटलमेन्ट सुरु गर्ने, पहिलो चरणमा एक सय स्टक

एनएसइ र बिएसइले शुक्रबारदेखि टी प्लस वान सेटलमेन्ट सुरु गर्ने, पहिलो चरणमा एक सय स्टक

by ईलालटिन
0 comment

काठमाडौं । नेशनल स्टक एक्सचेन्ज (एनएसइ) र बम्बे स्टक एक्सचेन्ज (बिएसइ) ले शुक्रबारदेखि टी प्लस वान मै शेयरको राफसाफ गर्नेछन्। तर प्रारम्भिक चरणमा भने निश्चित स्टकको मात्रै टी प्लस वानमा  सेटलमेन्ट  हुनेछ। बिस्तारै अन्य स्टकमा पनि उक्त नियम लागु गर्दै लैजाने बताइएको छ। गएका दिनमा भने विदेशी लगानीकर्ताले भने उक्त नियमको विरोध गर्दै आएका थिए। हाल भारतमा टी प्लस टुको सेटलमेन्ट साइकल छ। सन् २००३ मा भारतीय नियामक निकाय सेक्युरिटी बोर्ड अफ इन्डिया (सेवी) ले उक्त नियम ल्याएको थियो। त्यसअघि सेटलमेन्ट साइकल टी प्लस थ्री थियो।

सेटलमेन्ट साइकल टी प्लस वानमा झरेसँगै २४ घण्टा भित्रमा शेयर र पैसा दुवै लगानीकर्ताको खातामा आउनेछ।   सबैभन्दा पहिले एक सय स्टकबाट सेटलमेन्ट साइकलको सुरुवात गरिनेछ। त्यसपछि पाँच पाँच सय स्टकको जोडिँदै लगिनेछ। सुरुवाती क्रममा पेनी स्टक कारोबारीलाई असर देखिनेछ। किनकि सबैभन्दा पहिले भ्यालुएसनको आधारमा जोडिँदै लगिनेछ। सेवीले गएको वर्ष सेप्टेम्बरबाटै उक्त साइकल लागु गर्ने प्रस्ताव राखेको थियो। उक्त साइकल लागु गर्न भारतका दुवै चर्चित स्टक एक्सचेन्जलाई विकल्प समेत पेस गर्न भनेको थियो।

जसमा नेशनल स्टक एक्सचेन्ज र बिएसिले फेब्रुअरीदेखि चरणबद्ध रुपमा लागु गर्ने प्रस्ताव गरेका थिए। सोही प्रस्ताव अनुसार शुक्रबारदेखि लागु हुने भएको हो।टी प्लस वान सेट-लमेन्टका कारण पे-इन/ पे-आउट डिफल्ट हुने जोखिम घट्नेछ। कारोबारमा वृद्धि हुनेछ। किनकि ट्रेडिङ एकाउन्टको मार्जिन मात्र एक दिनमा सीमित हुनेछ। जसले गर्दा रिटेलहरुको सहभागिता उल्लेख्य वृद्धि गराउने अनुमान गरिएको छ। सेविका अनुसार यो सबै किसिमको शेयरमा लागु हुनेछ। मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com