Home समाचार भद्रकाली–माइतिघर–बानेश्वर–तिनुकने सडक खण्डका सवारी साधन डाइभर्ट

भद्रकाली–माइतिघर–बानेश्वर–तिनुकने सडक खण्डका सवारी साधन डाइभर्ट

by ईलालटिन
0 comment

काठमाडौं । काठमाडौं उपत्यकाको भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको छ । तीनकुने-बानेश्वर भएर चल्ने सवारी साधनलाई  बिभिन्न स्थानबाट ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । तीनकुनेबाट नयाँ बनेश्वरतर्फ आउने सबै सवारी साधनलाई तीनकुनेबाट नै ड्राइभर्सन गरीएको छ ।

भद्रकाली–सिंहदरबार–माइतिघर हुदै बानेश्वरतर्फ जाने सवारी साधनलाई भद्रकालीबाटै ड्राइभर्सन गरी त्रिपुरेश्वर, थापाथली हुदै पठाइएको ट्राफिक प्रहरीले बताएको छ ।  पद्मोदय मोडबाट पनि हनुमानस्थान हुँदै थापागाउँ जाने  ठुला तथा तिनपाङग्रे सवारी साधनलाई  पदमोदयमोडबाटै ड्राइभर्सन गरिएको छ । -अमेरिकी विकास सहयोग लिमेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा विभिन्न दलका कार्यकर्ताले प्रदर्शन गरेपछि उक्त सडकखण्डको आवागमन डाइभर्ट गरिएको हो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com