Home अर्थ/वाणिज्य सूर्या लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन हुने

सूर्या लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन हुने

by ईलालटिन
0 comment

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन गर्न भएको हो । संस्थापक शेयर संरचना परिमार्जन गर्न बीमा समितिले स्वीकृति दिएपछि पुस १९ गते बसेको कम्पनीको १३ औं वार्षिक साधारण सभाले शेयर परिमार्जन गर्ने प्रस्ताव पारित गरेको थियो ।कम्पनीमा हाल संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।

यसलाई संशोधन गरेर कम्पनीले संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्न लागिएको हो । कम्पनीले कोही संस्थापक शेयरधनीहरुले आफनो स्वामित्वको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्न इच्छुक नभएमा स्वघोषण गरी ७ दिन भित्र कर्पोरेट कार्यालयमा सम्पर्क गर्न वा इमेल मार्फत सम्पर्क गर्न आग्रह गरेको छ । तोकिएको समयमा स्वाघोषणा पत्र संस्थापक शेयरधनीबाट प्राप्त नभएमा संस्थापक शेयरधनीहरुले शेयर परिणत गर्न स्वीकृति प्रदान गरिएको मानिने कम्पनीले जनाएको छ । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com