Home बुलेट न्युज सप्तकोसी नगरपालिका भवन तोडफोड

सप्तकोसी नगरपालिका भवन तोडफोड

by ईलालटिन
0 comment

सप्तरी ।  तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड गरेको जनाउनुभएको छ ।कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पु¥याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद पनि व्यक्त गरेको छ ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र),  जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बिहीबार नगरपालिकामा गरेको तालाबन्दी शुक्रबार खोलेपछि आइतबार पुनः ताला लगाउन जाँदा सो घटना भएको हो ।   प्रदर्शनकारीले नगरपालिकाको कोभिडको खर्च र आन्तरिक लेखा परीक्षणको विवरण, राष्ट्रिय मावि फत्तेपुरको भवन निर्माणको ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन खर्च व्यवस्थापनको विवरण उपलब्ध गराउनुपर्ने, आर्थिक वर्ष २०७८÷०७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजना कार्यान्वयन हुनुुपर्ने माग राख्दै ताला लगाएका थिए ।

माग सम्बोधन नगरी नगरपालिकाले आफूखुसी ताला खोलेर द्वन्द्व निम्ताएको सङ्घर्ष समितिको भनाइ छ । नगर प्रमुख शर्माले आन्दोलनरत पक्षलाई वार्ताका लागि पटक–पटक बोलाए पनि नआएपछि नागरिक समाज र प्रहरी प्रशासनका रोहबरमा निर्णय गरी ताला खुलाएको जानकारीदिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com