Home अर्थ/वाणिज्य सुनचाँदीको भाउ महंगियो, तोलामा १,००० रुपैयाँले बढ्यो सुन

सुनचाँदीको भाउ महंगियो, तोलामा १,००० रुपैयाँले बढ्यो सुन

by ईलालटिन
0 comment

काठमाडौँ । सुनचाँदीको भाउ फेरि महंगिएको छ । फागुन ५ गते, बिहीबार सुन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेको हो । यस दिन छापावाल सुन प्रतितोला ९६ हजार १०० रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार भने सुनको भाउ तोलामा नै एक हजार ६०० रुपैयाँले गिरावट भएको थियो । सो दिन सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा झरेको थियो ।फागुन लागेयता सुनचाँदीको भाउमा तिव्र उतारचढाव देखिएको छ । मंगलबार तोलामा एक हजार २०० रुपैयाँले बढेको सुनको भाउ बुधबार भने घटेको थियो ।बिहीबार चाँदीको मूल्यमा पनि बढोत्तरी देखिएको छ । आज चाँदी तोलामा १० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २९५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्यमा भारी गिरावट आएको थियो । त्यो दिन चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार २८५ रुपैयाँमा झरेको महासंघको तथ्यांकले देखाउँछ । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com