Home अर्थ/वाणिज्य नाफासँगै बढ्यो मिथिला लघुवित्तको ईपीएस

नाफासँगै बढ्यो मिथिला लघुवित्तको ईपीएस

by ईलालटिन
0 comment

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ३ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा अन्य सञ्चालन आम्दानी १८.६४ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी १०.०३ प्रतिशत बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले १ करोड १६ लाख रुपैयाँ खराब कर्जा उठाएको छ। जसले नाफा बढ्न टेवा पुगेको हो।खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४८ रुपैयाँ ७५ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ रुपैयाँ ८ पैसा बढेर ५० रुपैयाँ ८४ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३३.६६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२३ रुपैयाँ २९ पैसा रहेको छ। समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष ५८.०१ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सापटी १२.४४ प्रतिशत, निक्षेप ४४.५१ प्रतिशत र कर्जा ३२.७० प्रतिशत बढेको छ। मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com