Home बुलेट न्युज काठमाडौं उपत्यकामा एकैदिन १२ सय ६५ सवारी चालकमाथि कारवाही

काठमाडौं उपत्यकामा एकैदिन १२ सय ६५ सवारी चालकमाथि कारवाही

by ईलालटिन
0 comment

काठमाडौं  । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २६५ जना सवारी चालकलाई कारवाही गरेको छ ।  आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९१ जना, क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४८ जना चालक रहेका छन् । -यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५७ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना र मदिरा पिएर सवारी साधन चलाउने ४५ जना पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com