Home अर्थ/वाणिज्य अत्याधिक चोरी हुने भएपछि पल्सर-२२० बाइकको फुल इन्स्योरेन्स गर्नै मान्दैनन इन्स्योरेन्स कम्पनी

अत्याधिक चोरी हुने भएपछि पल्सर-२२० बाइकको फुल इन्स्योरेन्स गर्नै मान्दैनन इन्स्योरेन्स कम्पनी

by ईलालटिन
0 comment

काठमाडौं । गोल्छा समुहले बेच्दै आएको २२० एफ पल्सर मोटरसाइकल पछिल्लो समय अत्याधिक चोरी हुन थालेपछि  इन्स्योरेन्स कम्पनीहरु सो बाइकको फुल इन्स्योरेन्स गर्नै अनाकानी गर्न थालेका छन् । बजारमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकलमध्ये बजाज २२० एफ पछिल्लो समय चोरको निसानामा पर्दै आएको छ जसको कारण इन्स्याेरेन्स कम्पनीले पूर्ण बीमा (फुल इन्स्योरेन्स) गर्न मान्ने गरेका छैनन् ।

कथंकदाचित गरिहाले पनि प्रचलित दर भन्दा बढी लिएर मात्रै इन्स्योरेन्स गर्ने गरेका छन् । सामान्यतया २२० सीसी पल्सर बाइकको इन्स्योरेन्स गर्दा वार्षिक ९ हजार रुपैयाँ प्रिमियम तिर्नुपर्छ तर बीमा कम्पनीहरुले यसको फुल इन्स्योरेन्स गरिहाले भने पनि ११ हजार भन्दा बढी प्रिमियम लिएर मात्रै गर्ने गरेका छन् ।गु्र्जुधारा एरियातिर भेटिएका ननलाइफ इन्स्योरेन्स कम्पनीका एक एजेन्टले भने–‘२२० सीसी पल्सर बाइककाे चोरीको केस धेरै हुने हुँदा धेरै एजेन्सीले यो बाइकको इन्स्योरेन्स गर्न आनाकानी गर्ने गरेको हो ।

’उपत्यका भित्र मोटरसाइकल नामसारी गर्ने र नयाँ बाइकको रजिष्ट्रेसन गर्ने एक मात्र थलो गुर्जुधारा कार्यालय वरिपरी छरिएर रहेका कुनै पनि निर्जीवन बीमा कम्पनीको एजेन्टले सो बाइकको इन्स्योरेन्स गर्न नमान्ने उनले बताए । बीमा गर्नैपर्ने भए केन्द्रीय कार्यालय जान उनले सुझाव दिए । एक नन लाइफ इन्स्योरेन्स कम्पनीमा शाखा प्रमुखकाे जिम्मेवारीमा रहेका एक कर्मचारीका अनुसार उनले ५ महिनामा पल्सर बाइकको इन्स्योरेन्स गरेर ४५ लाख रुपैयाँजति प्रिमियम संकलन गर्न सफल भए ।

तर, सोही अवधिमा १४ वटा भन्दा बढी बाइक हराएको दाबी भुक्तानी गर्दा सो प्रिमियम भन्दा बढी खर्च गर्नुपर्यो । पल्सर बाइक चोरी हुने प्रवृत्ति धेरै रहेकाले नै निर्जीवन बीमा कम्पनीले पल्सर बाइकको बीमा गर्न आनाकानी गर्ने गरेको उनले बताए ।ट्राफिक प्रहरीमा चोरीको उजुरीमा अधिकांश पल्सर २२०को रहेको महानगरीय ट्राफिक महाशाखाका एक अधिकारीले बताए । खासगरी लक तोड्न सजिलो र द्रुत गति तथा बजारमा चलेको मोटरसाइल रहेको कारण पनि चोरको नजरमा यो मोटरसाइकल परेको हुनसक्छ’ ती अधिकारीले भने ।

उनका अनुसार चाेरी हुने बाइकमा ७० देखि ८० प्रतिशत पल्सर बाइक हुने उनको भनाइ छ ।हाल नेपालमा हंसराज हुलास प्रालिले नेपालमै एसेम्बल उत्पादन गरेर बेच्दै आएका मोटरसाइकल हो पल्सर २२० एफ । तर, पछिल्लो समय कम्पनीले बाइकको सुरक्षामा ध्यान नदिंदा यो बाइक चोरीको घटना बढ्दै गएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार चोरी हुने अधिकांश मोटरसाइकल बजाज कम्पनीको पल्सर सिरिजका छन् । खासगरी, पल्सर सिरिजका १५०, २०० र २२० सिसीका मोटरसाइकल बढी चोरी हुने गरेको प्रहरीको अभिलेख छ । मेरोलगानी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com