Home समाचार किसानलाई बलियो बनाउनेगरी बजेट आयो : कार्की

किसानलाई बलियो बनाउनेगरी बजेट आयो : कार्की

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद सुरेन्द्रकुमार (राम) कार्कीले किसानलाई बलियो बनाउने गरी बजेट आएको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै कार्कीले किसानलाई पेन्सन दिने व्यवस्थासहित अन्य व्यवस्था गर्नु राम्रो भएको बताए ।

‘किसानसँग सरकार भन्ने कुरालाई कार्यगत रुपमा लाग्न सक्यौ भने किसानलाई बलियो बनाउन सक्छौँ । किसानका छोराछोरीको पढ्ने ग्यारेन्टी र किसान विरामी भएमा ग्यारेन्टी हुन सके किसान बलियो हुन्छ ।’ कार्कीले भने, किसानलाई सबलीकरण नभएसम्म नेपालमाथि जान सक्दैन । अगाडिको बजेटभन्दा कमसेकम यस पटक अलिकति भएपनि  किसानहरुलाई महत्व दिएको छ । त्यसलाई स्वीकार गर्दछु ।’

-शिक्षामा धेरै बजेट विनियोजन भएको कार्कीले बताए । झापा जिल्लामै विज्ञान भन्दा अस्था र विश्वास, धर्ममा भर पर्ने गरेको बताए । यस्तो सोचको विकास भएमा समाज अघि बढ्न नसक्ने ठोकुवा गरे । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com