काठमाडौं । सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती हुने भएको छ । गत चैत ३० गते बसेको मन्त्रीपरिषद्को बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो । सोमबार अर्थमन्त्रालयले एक सूचना जारी गर्दै इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत खर्च कटौती गर्नुपर्ने बताएको हो ।
असार मसान्तबाट लागु गर्ने गरी सरकारले यस्तो निर्णय गरेको हो । जसमा यसमा अत्यावश्यक सवारी साधन, स्थानीय निर्वाचनमा खटिने साधन र शान्ति सुरक्षामा खटिने सवारी साधनको हकमा २० प्रतिशत इन्धन कटौती लागु नहुने अर्थमन्त्रालयले जनाएको छ । मेरोलगानी ।
