Home बुलेट न्युज पर्वतमा गठबन्धन बिच सहमति नहुने निश्चित जस्तै

पर्वतमा गठबन्धन बिच सहमति नहुने निश्चित जस्तै

by ईलालटिन
0 comment

पर्वत । वैशाख ३० गते हुने स्थानीय तहको चुनावी तालमेललाई लिएर पर्वतमा रहेका गठबन्धन दलहरू बिचमा सहमति नबनेपछि एक्ला एक्लै चुनावी मैदानमा जाने निश्चित देखिएको छ ।

धेरै पटक गठबन्धन दलका प्रमुखहरू बसेर सहमति खोज्ने प्रयास गरेको भए पनि नेकपा माओवादी र एकीकृत समाजवादीले दुई वटै नगरपालिकामा आ–आफ्नै दाबी गरेपछि बैठकहरू निष्कर्ष विहीन बन्दै आएको हो ।

आज पनि अन्तिम समयसम्म सहमतिको प्रयास गरेको भए पनि माओवादी र समाजवादीले मतभार भन्दा बढी पदमा आकाङ्क्षा राखेको हुँदा गठबन्धन गरेर जाने सम्भावना नदेखिएको काँग्रेसका प्रवक्ता अच्युत तिवारीले बताए ।

बैठकमा माओवादीले कुश्मा नगरपालिका, पैयुँ गाउँपालिका र जलजला गाउँपालिका मध्ये एउटामा आफूहरूले नेतृत्व पाउनु पर्ने अडान राख्दै आएको छ । एकीकृत समाजवादी चाहिँ कुनै पनि हालतमा फलेवास नगरपालिका आफूहरूलाई छाड्नुपर्ने बताउँदै आएको छ ।

यता नेपाली काँग्रेसले भने कुश्मा नगरपालिका र फलेवास नगरपालिका कुनै पनि हालतमा नछाड्ने अडान राख्दै आएको छ । त्यति मात्र होइन काँग्रेसले जिल्लामा रहेका पाँच वटा पालिकामा समेत उपाध्यक्ष अन्य दललाई दिएर अध्यक्ष आफै सँग हुनुपर्ने छलफल चलाउँदै आएको छ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com