दाङ । राप्ती नदीमा माछा मार्ने क्रममा बिष्फोट हुँदा पाँच जना घाइते भएका छन्।नदीमा बिष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न खोज्दा बिष्फोट भएर एक बालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ। बिस्फोटबाट लमही नगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय प्रदीप चौधरी, २७ वर्षीय आनन्दकुमार भण्डारी, ९ वर्षीय बालक सुशान्त भण्डारी, उनका बुवा ३७ वर्षीय दीपक भण्डारी र ३४ वर्षीय दलबहादुर चौधरी घाइते भएका छन्।
घाइतेमध्ये प्रदीप चौधरीलाई थप उपचारका लागि भैरहवा लगिएको एसपी सुरेश काफ्लेले बताए। अन्य चार घाइतेको लमहीमा उपचार भइरहेको छ। -उनीहरू आइतबार अपरान्ह ५ बजेतिर राप्ती नदीमा माछा मार्न गएका थिए। माछा मार्न उनीहरूले घरायसी रूपमै बनाएको बिस्फोटक पदार्थ पड्केको अनुमान छ। घाइतेको अनुहारलगायत अंगमा चोट लागेको छ। सेतोपाटी ।