Home पत्रपत्रिका प्रधानमन्त्रीले वामदेवलाई भने- डोल्पाबाट चुनाव लडनुस्, राष्ट्रिय सभामै लानु पर्ने गौतमको जिद्दी

प्रधानमन्त्रीले वामदेवलाई भने- डोल्पाबाट चुनाव लडनुस्, राष्ट्रिय सभामै लानु पर्ने गौतमको जिद्दी

by ईलालटिन
0 comment

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र फेरि एक पटक पेचिलो बनेको छ।

अर्थमन्त्री युवराज खतिवडालाई सरकारमा निरन्तरता दिन उनलाई भदौ २० गतेभित्र राष्ट्रिय सभा सांसद बनाउनु पर्नेछ। प्रतिनिधि सभा वा राष्ट्रिय सभा सदस्य नभएको व्यक्ति ६ महिना बढी मन्त्री हुन नसक्ने संवैधानिक व्यवस्था छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनित भएका  खतिवडाको दुई वर्षे कार्यकाल गत फागुन २० गते सकिएको थियो। त्यसपछि उनी सांसद नभई मन्त्री बनेका थिए।  उनी त्यसरी मन्त्री भएको भदौ २० गते ६ महिना पुग्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई फेरि ६ वर्षका लागि राष्ट्रिय सभामा लैजाने तयारी गरेका छन्।

गौतमले राष्ट्रिय सभामा आफूलाई लैजाने माग गर्ने सक्ने आँकलन गरेर प्रधानमन्त्रीले केही दिनअघि उनलाई डोल्पाबाट संसदको सिट खाली गराएर चुनाव लड्न सुझाएका थिए। -सेतोपाटी

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com