काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। योसहित ज्यान गुमाउनेको संख्या २५१ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २५१ पुगेको हो। यसलाई हिसाव गर्ने हो भने नेपालमा प्रतिघण्टा २ जना कोरोनाका कारण मृत्यु भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ११ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए। बुधबार नयाँ संक्रमितमा ३२० महिला र ८०० पुरुष छन्।
यस्तै मन्त्रालयका अनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ छन्। क्वारेन्टाइनमा ६ हजार ७६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १०८ छ।
पछिल्लो २४ घण्टामा १११२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ। नेपालमा कोरोनाबाट २५१ जनाको मृत्यु भएको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंका ३५० जना, भक्तपुरका ९ जना र ललितपुरका २९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।-अन्नपूर्णपोष्टबाट