Home बुलेट न्युज प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि काँग्रेस काठमाडौँ सभापतिमा निर्वाचित

प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि काँग्रेस काठमाडौँ सभापतिमा निर्वाचित

by ईलालटिन
0 comment

काठमाडौं ।  नेपाली काँग्रेस काठमाडौँको सभापतिमा कृष्ण सबुज बानियाँ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । प्रकाशमान सिं-ह र गगन थापाको समर्थनमा सभापतिमा उम्मेदवारी दिएका बानियाँले संस्थापन पक्षका सभापतिका उम्मेदवार उपेन्द्र कार्कीलाई भारी मतान्तरले पराजित गरे । बानियाँको प्यानल नै निर्वाचित भएको छ ।

काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको सोमबार बिहान सम्पन्न मतगणनाअनुसार बानियाँ १९ सय ५७ मत ल्याएर विजयी भए । प्रतिद्वन्द्वी कार्कीले १०८९ मत प्राप्त गरे । उपसभापतिमा राजकुमार नकर्मी १८ सय २९ र गोकर्ण केसी १९ सय २२, सचिवमा इन्द्रबहादुर थापा १९ सय १५ र गोविन्द पुडासैनी १८ सय १७ र सहसचिवमा रोमेल श्रेष्ठ १७ सय ७५ र प्रा.डा. अमिता प्रधान दुई हजार ६६ मत ल्याई निर्वाचित भएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com