Home समाचार काँग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेको उम्मेदवारी घोषणा

काँग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेको उम्मेदवारी घोषणा

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता वद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छन् । १४औं महाधिवेशनमा पिछडिएका कोटाबाट सहमहामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । सोमबार बिहान अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरेर पाण्डे संस्थापन इतर पक्षबाट सहमहामन्त्री लड्ने बताएका हुन् ।

उनले भने, ‘१२औं महाधिवेशनमा अञ्चलकोटामा केन्द्रीय सदस्य भएको थिएँ । १३औं महाधिवेशन खुलाबाट केन्द्रीय सदस्य बने । अब पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको छु।’ नेपाल विद्यार्थी संघको राजनीतिबाट काँग्रेसमा प्रवेश गरेका पाण्डेले १५औं महाधिवेशन सहमहामन्त्री उम्मेदवार नदिने आजै घोषणाा गरे । उनले भने, ‘म सहमहामन्त्री १५औं महाधिवेशन उठ्ने छैन । सके महामन्त्री वा उपसभापति बन्ने प्रयास गर्ने छु । त्यो सम्भव नभए म कुनै पदमा उम्मेदवार नबन्न पनि तयार छु ।’रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com