Home समाचार काँग्रेस धादिङ सभापतिमा पौडेल पक्षीय रामनाथ अधिकारी निर्वाचित

काँग्रेस धादिङ सभापतिमा पौडेल पक्षीय रामनाथ अधिकारी निर्वाचित

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली काँग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्। सोमबार बिहान आएको मतपरिणामअनुसार अधिकारी एक हजार ८२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। अधिकारीका निकटतम प्रतिद्धन्द्धी भीम ढुंगानाले एक हजार ४६ मत ल्याएका थिए ।

अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने ढुंगानालाई सभापति शेरबहादुर देउवा पक्षको समर्थन थियो।  यस्तै उपसभापतिमा गेहेन्द्र म-ल्ल १०६८  र दलबहादुर अधिकारी १००६ मत ल्याएर विजयी भएका हुन् । सचिवमा रामकृष्ण पाण्डे १०१२  र विकास श्रेष्ठ ११२१ मत प्राप्त गरी निर्वाचित भए । सहसचिवमा नबराज तिमल्सिना १०९१ मत ल्याएर विजयी हुँदा क्रान्ति डल्लाकोटी र बिजय पाख्रीनले बराबरी मत ल्याएका छन् । उनीहरु दुवै जनाले ९९५ मत ल्याएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com