पर्वत । नेपाली काँग्रेस पर्वतको पार्टी सभापतिमा युवराज जोशी विजयी भएका छन् । उनले कुल खसेको १ हजार १ सय ८६ मत मध्ये ६ सय ९ मत ल्याएर आफ्ना प्रतिस्पर्धी द्वय याम बहादुर मल्ल र मिलन सुबेदीलाई पराजित गरेका हुन् । मल्लले ४ सय ४९ मत र सुबेदीले ९६ मत पाएका थिए । जोशीले निकटतम प्रतिस्पर्धी मल्ललाई १ सय ६० मतान्तरले हराएका हुन् ।
निर्वाचित कार्य समितिमा जोशी समुहकै प्यानलबाट सहभागी उम्मेदवारहरु विजयी भएका छन् । जस अनुसार उपसभापतीमा डा। चुडामणी शर्माले ६ सय ९१, शिवप्रसाद सुबेदी ५ सय ६५ मत प्राप्त गरि विजयी भएका हुन् । त्यसतै सचिवमा अशोक उचै ठकुरीले ५ सय ७३ र गुप्तनिधि शर्माले ३ सय ७३, मत ल्याएर विजयी बनेका छन् ।
त्यस्तै सहसचिवमा अच्युत तिवारीले अत्यधिक मत ल्याएर विजयी भएका छन् । उनले ६ सय ५८ मत प्राप्त गरेका छन् भने अर्का विजेता उम्मेदवार तिलक भुसालले ५ सय १९ मत ल्याएर विजयी भएका छन् । सह सचिवमा विजयी तिवारी भने मल्ल प्यानलबाट विजयी भएका हुन् । यस्तै जिल्ला सदस्यमा ओम गिरीले ४ सय ६८, प्रमोद पाण्डे ५ सय ४४, कुलप्रसाद शर्मा ३ सय ९४ मतका साथ विजयी भएका छन् । लक्ष्मी देबी बैरागीले ३ सय ९९, हेमशर्मा पौडेल ५ सय २४, जगतशंकर पौडलले ४ सय ७८, प्रकाश आचार्य ५ सय २२, मुकुन्द गौतमले ४ सय ८२, रामचन्द्र तिवारीले ६ सय ७८ मत ल्याई विजयी भएका छन् ।
भोर्ले सार्कीले ६ सय, मनमाया नेपालीले ५ सय २३, राजु विकले ६ सय ८८, लेखवहादुर थापाले ६ सय १२, शान्ती शर्मा कुमालले ६ सय ८६ मत ल्याई जिल्ला सदस्यमा विजयी भएका छन् । जिल्ला सदस्यहरूमा लक्ष्मीकुमारी हमाल, कमलाकुमारी शर्मा, सावित्री खत्री क्षेत्री, विषमकुमार श्रेष्ठ, गुप्तप्रताप सेन, तुलसीदेबी तिवारी न्यौपाने, टिकाराम भुसाल, लक्ष्मी आचार्य, भुलवहादुर पौडेल, लक्ष्मी मेधासी, कला भट्टराई, पार्वती क्षेत्री भुसाल निर्विरोध चयन भएका थिए ।
।
महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ रामचन्द्र जोशी ५८२, नवराज गुरुङ ५४८, खगेन्द्रप्रसाद तिवारी ५३९, गंगाधर तिवारी ५१७, विद्धान गुरुङ ५०९ मत ल्याई विजयी भएका छन् । ऋषिकेश तिवारी ५०७, विमलराज क्षेत्री ४९५, राजेन्द्रप्रसाद तिवारी ४५०, बसन्तबहादुर सिके ४४५, खिमप्रसाद भुसाल ४४३ मतले विजयी भएका छन् । खुल्ला महिला तर्फ सीताकुमारी काफ्ले लामिछाने ६१९, मुना भुसाल ५३१, रेखा गुरुङ ५२५, राधाकुमारी कुँवर क्षेत्री ४५२ ल्याई विजयी भएका छन् ।
खस आर्य पुरुष तर्फ तोरण मल्ल ठकुरी ५९४, डा। केदार सुबेदी ४५७ र कुलप्रसाद उपाध्याय ४१६ मत ल्याई विजयी भएका छन् । महिला खस आर्य तर्फ मुना शर्मा लामिछाने ५२७, मिनाकुमारी केसी ४८५, सृजना मल्ल ४३२ मत ल्याई विजयी भएका छन् । आदिवासी जनजाति तर्फ मिना कर्माचार्य ५३७, मोहनबहादुर गुरुङ ५०१, अपाङ्गतर्फ लेखनाथ पौडेल ५६२ मत सहित विजयी भएका छन् । दलित तर्फ जितबहादुर नेपाली ३२१ र दलित महिला तर्फ खैसरा दर्जी ४०५ मत ल्याएर भएका छन् । यसअघि महाधिवेशन प्रतिनिधिमा सनम बेगम निर्विरोध चयन भइसकेकी छिन् ।