Home विशेष प्रहरी उपरीक्षक पदमा बढुवा भएकाहरूलाई दर्ज्यानी चिन्ह प्रदान

प्रहरी उपरीक्षक पदमा बढुवा भएकाहरूलाई दर्ज्यानी चिन्ह प्रदान

by ईलालटिन
0 comment

काठमाडौं ।  निमित्त प्रहरी महानिरीक्षक नीरजबहादुर शाहीले प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । दर्ज्यानी चिन्हबाट सुशोभित हुने प्रहरी अधिकृतहरूमा प्रहरी उपरीक्षकहरू जनक बहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७८ मङ्सिर ९ गतेको निर्णयअनुसार उनीहरू प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका हुन् । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक रहेका शाहीले संगठनको गहन एवम् महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने पदमा पदोन्नति भएकोमा बधाई दिँदै नयाँ जिम्मेवारी तथा पदीय गरिमालाई कायम राख्न उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने बताए । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई नेपाल सरकार र प्रहरी संगठनको नीति निर्देशन अनुसार बहन गर्नुपर्नेमा उनले जोड दिए ।

निमित्त प्रहरी महानिरीक्षक शाहीले संगठनको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण हुने चर्चा गर्दै कानुनले उपलब्ध गरेको अधिकार र दायित्वलाई कायम राखी नागरिकको सेवामा समर्पित हुन प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिए ।  उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उप-रीक्षक जनक बहादुर शाहीले नयाँ जिम्मेवारीलाई व्यावसायिक निष्ठा र इमानदारिताका साथ उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com