Home विशेष कप्तान किरणले माल्दिभ्सको माजियाबाट खेल्ने

कप्तान किरणले माल्दिभ्सको माजियाबाट खेल्ने

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले माल्दिभ्सबाट सिजनको लिग खेल्ने भएका छन् किरण माल्दिभ्सको शीर्ष डिभिजन खेल्ने क्लब माजिया एससीमा आबद्ध भएका हुन्। उनी सिजन २०२१/२२ सिजनका लागि आबद्ध भएका हुन्। किरणले माजियामा आबद्ध भएपछि खुसी व्यक्त गर्दै प्रत्येक खेलमा आफ्नो शतप्रतिशत दिने बचन दिएका छन्।

किरण शुक्रबार माल्दिभ्स गएका थिए। त्यहाँ पुगेपछि उनले शनिबार माजियासँग आबद्ध भएको सार्वजनिक गरेका हुन्। माजिया सन् २०१९-२० र २०२०-२१ सिजनको च्याम्पियन हो। माल्दिभ्सको शीर्ष डिभिजनको लिग ६ पटक खेलेको माजियाले तीन पटक उपाधि जितेको छ। माजिया एक पटक दोस्रो र एक पटक तेस्रो भएको छ। किरणले गत सिजन भारतको पञ्जाव एफसीबाट आइ लिग खेलेका थिए। लिगका १५ खेल मध्ये १४ खेल खेलेका किरणले ७ खेलमा क्लिनसिट राखेका थिए। जुन सिजनकै सर्वाधिक क्लिनसिट हो। जसका कारण उनले सिजनको उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए। राष्ट्रिय टिम र क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका किरणले केही महिनाअघि एसियाको साताको उत्कृष्ट खेलाडीको अवार्ड पाएका थिए।

यसअघि सन् २०१८ मा किरण माल्दिभ्सको लिगमा पनि उत्कृष्ट गोलकिपर घोषित भएका थिए। किरणले सो सिजनमा टिसी स्पोर्ट्सलाई माल्दिभ्सको लिगको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए। किरणले गत वर्ष पञ्जावबाट तेस्रो सिजन आइ लिग खेले। किरणले त्यसअघिको सिजनमा पनि पञ्जावबाटै खेलेका थिए।  एन्फा एकेडेमीका उत्पादन किरणले २००९ देखि २०१६ सम्म थ्री स्टार क्लबबाट खेले। त्यसक्रममा उनले थ्री स्टारलाई लिगसहित दर्जनौं घरेलु फुटबल प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।

बाल्यकालमा किरण आफ्नो फुटबल टिमको स्ट्राइकरको पोजिसन सम्हाल्थे। धनकुटाको राजारानीमा कहिले डिफेन्डरको भूमिकामा पनि खेल्नु पर्थ्यो किरणलाई। अग्ला कदका किरणलाई एक दिन गोलकिपर खेल्ने प्रस्ताव आयो। यसका लागि पनि उनी तयार भए। पहाडी जिल्ला भए पनि किरणको गाँउ राजारानीमा फुटबलको औधी क्रेज थियो। गाउँमा ठूलो फुटबल मैदान थियो। स्थानीयहरू फुटबलमा झुम्मिन्थे। किरणलाई पनि फुटबल मन पर्थ्यो।स्थानीयस्तरमा आफूलाई स्थापित गरेपछि किरण जिल्लास्तरमा पनि छाउन थाले। यु-१६ प्रतियोगिगता खेल्न काठमाडौं आए। त्यो उनको पहिलो राजधानी भ्रमण थियो।

उनको जिल्लाले स्कुलस्तरीय प्रतियोगितामा सेमिफाइनलमा हार बेहोर्‍यो। त्यसपछि सिनियरहरूले उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को छनोटमा भाग लिन सुझाव दिए। त्यसपछि उनी एन्फा एकेडेमीका लागि छनोट भएका थिए। एन्फाबाट पास आउट भएपछि उनले क्लब करिअर सुरु गरे। लगत्तै उनी सन् २००८ मा राष्ट्रिय टिमका लागि बोलाइए।सन् २००८ मा कोम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा लागि उनी राष्ट्रिय टिमका लागि बोलाइएका थिए। मच्छिन्द्र क्लबबाट क्लब करिअर सुरू गरेका किरणले थ्रीस्टार र मनाङ मर्स्याङ्दी जस्ता नेपालका बलिया क्लबबाट खेले। यी क्लबबाट खेल्दा उनले क्लब र व्यक्तिगत विधाका दर्जनौ अवार्ड तथा उपाधि जिते। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com